site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाका सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । सभापति नहुँदा समिति प्रभावकारी नभएको उनीहरूको ठहर छ ।

आज बिहान प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिबाट नीति–नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यस विषयमा ‘सिरियस’ भएको र केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताएको उनले जानकारी दिए ।

Global Ime bank

सो अवसरमा प्रधानमन्त्रीसित संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको परियारले बताए ।

“संसदीय गतिविधि र समसामयिक विषयमा छलफल भयो, संसदीय समितिको काम–कारबाहीमा रास्वपाले सहयोग गर्ने जानकारी गरायौँ,” उनले भने ।

भ्रष्टाचारको जरोसम्म पुगेर कारबाही गर्न आफूहरूले अनुरोध गरेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement