site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डोकोमा खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको सरकारले अन्त्य गर्छ : मन्त्री यादव
फाइल तस्बिर।

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेशलगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताएका छन् ।

आइतबार खानेपानी मन्त्रालयको खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने बताए ।

Dabur Nepal
NIC Asia

डोकोमा पानी बोकेर खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै उनले बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजीकरण गर्ने बताए । उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । जसका लागि तीनै तहका सरकारले हेन्डपाइप वितरण कार्य रोक्नुपर्ने बताए ।

मन्त्री यादवले सरकारको प्राथमिकता मुलुकभरका विद्यालयमा खानेपानी पु¥याउने रहेको बताए । उनले चालु आर्थिक वर्षमा खानेपानी नपुगेका विद्यालयमहरुमा खानेपानी पुर्‍याएरै छोड्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro