site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगले सांसदको मानमर्दन गरेको भन्दै रास्वपा सांसदको रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उमेदवारलाई १५ हजार जरिबाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

रास्वपा सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिट दायर गरेका हुन् । उच्च अदालत पाटनका स्रेस्तेदार ठगिन्द्र कट्टेलले रिट दर्ता भएको पुष्टि गरे ।

रिट निवेदनमा आयोगको निर्णयले सम्मानपूर्वक बाँच्न पाउने हकमाथि नै धावा बोलेको दाबी गरिएको छ । आयोगको निर्णय गैरकानुन र स्वेच्छाचारी भएको उनीहरू दाबी छ । उनीहरूले प्रतिनिधिसभा सदस्यहरूको 'मानमर्दन हुने' आयोगको निर्णय बदर गर्न माग गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले  दुईहजार ४०० बढी उम्मेदवारलाई जरिबाना गर्ने निर्णय गरेको थियो । 

आयोगले साउन ९ गते प्रेस विज्ञप्तिमार्फत ‘खर्च विवरणबारे जानकारी नदिने उमेदवारहरूको सूची’ सार्वजनिक गरेको थियो । सूचीमा रास्वपा सांसदहरू श्रेष्ठ, खनाल, पराजुली र गौतमको पनि नाम समेटिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro