अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आउँदो वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट समीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको उनले उल्लेख गरे ।
विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा राष्ट्र बैंकले नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्