site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेरो नेतृत्वले चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाएको छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व गरेपछिको सात महिनाको अविधिमा गरिएका कामले जस्तासुकै चुनौती छिचोलेर अघि जान सकिन्छ भन्ने विश्वास दिलाएको बताएका छन् ।

आइतबार दिवंगत माधवप्रसाद मरहट्टाको जीवन आधारित पुस्तकको विमोचन कार्यक्रममा उनले जनताको जीवन र अवस्था बदल्न सुशासन र समृद्धिको यात्रातिर अघि बढिरहेको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“...जनताको जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातिर अगाडि बढ्ने जमर्को गरिरहेको छ । सरकार गठनको सात महिनासम्म पुग्दा जे जति मेहनत भएको छ, जे जति प्रयास भएको छ, यसबाट जे जति उपलब्धि हाँसिल हुँदै छन्,” उनले भने, “त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ ।”

उनले भ्रष्टाचारविरुद्ध काम गर्दा जनतामा आशाको नयाँ रक्तसञ्चार गरेको समेत सुनाए ।

Global Ime bank

“पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा महत्वपूर्ण क्रियाकलाप भएका छन् । जनतामा आशाको नयाँ रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै छ,” प्रधानमन्त्रीले भने ।

उनले पार्टीभित्रको जटिल परिस्थितिमा माधव मरहट्टाको घर समस्या समाधानको केन्द्र हुने गरेको स्मरणसमेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !