अर्थ व्यवसाय

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई दुर्घटनाबारे अध्ययन गर्न ट्रान्सफोर्स समिति गठन गरेको छ । समितिको नाम ‘हवाई सुरक्षा अभिवृद्धि अध्ययन समिति’ राखिएको छ ।
पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिको सदस्यमा सिनियर क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र एभियसन विज्ञ नारायणबहादुर मानसिंह डंगोल रहेका छन् ।
दुर्घटना बढेपछि संघले अध्ययन समिति गठन गरेको हो । समितिले व्यावसायिक र प्राविधिक विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्ने छ ।
प्रतिवेदन एक महिनाभित्र संघलाई सुझावसहित बुझाउने संघका महासचिव मनोज कार्कीले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:५०
प्रतिक्रिया दिनुहोस्