अर्थ व्यवसाय
काठमाडौं । भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो ।
यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । यो नियम आज (शुक्रबार)देखि लागु हुने बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।
तर, वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधा अमेरिकी डलर २०० सम्म रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्