site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रिद्धिसिद्धि सिमेन्टले ल्यायो ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इअर २०८०’ कार्यक्रम

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इअर २०८०’ को छात्रवृत्ति कार्याक्रम ल्याएको छ ।

सिमेन्टले यसवर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको जनाएको छ ।

यस छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका मकवानपुरका विद्यार्थीहरुलाई लक्षित गरेर उक्त एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ ।

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई तीन हजार ५०० रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार ५०० रुपैयाँ साथै सान्त्वना स्वरुप थप आठ विद्यार्थीलाई मासिक रुपमा एक हजार ५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements)मा गएर उल्लेखित क्यूआर कोड स्क्यान गरी फारम भर्न सकिन्छ । आवेदकले फारम साउन २१ भित्र बुझाइसक्नु पर्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्