site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले एक वर्षमा आठ देशबाट आयात गर्‍यो २१ करोडभन्दा बढीको तास
सांकेतिक तस्बिर।
SkywellSkywell

काठमाडौं । नेपालमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गर्छ । हरेक दिन प्रहरीले जुवातास खेल्ने यति व्यक्ति पक्राउ गरियो भन्दै विज्ञप्ति पनि जारी गर्छ । प्रहरीले जुवातास खेल्न नदिए पनि तास निर्माताहरुको लागि भने नेपाल ठूलो बजार रहेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र विभिन्न देशबाट नेपालमा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास भित्रिएको छ ।

Dabur Nepal
NIC Asia

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त रकममा एक करोड ७७ हजार ९८९ प्रति तास नेपालले आयात गरेको छ । उक्त तास आयात गरेवापत सरकारले १३ करोड सात लाख ३४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

विभागका अनुसार आठ देशबाट नेपालले तास आयात गर्ने गरेको छ । गत आर्थिक वर्ष नेपालले ब्राजिल, चीन, भारत, जापान, मलेसिया, युनाइेटेड अरब इमिरेट्स, बेलायत र अमेरिकाबाट तास आयात गरेको थियो ।

नेपालले पछिल्लो एक वर्षमा चीनबाट मात्र १८ करोड ७६ लाख नौ हजार रुपैयाँको तास आयात गरेको छ । यस्तै, भारतबाट दुई करोड १५ लाख ९५ हजार र ब्राजिलबाट ३५ लाख ७९ हजार रुपैयाँको तास आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको एक करोड नौ लाख ६० हजार ५४७ प्रति तास आयात गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu