site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विवेकशील साझा पार्टी सामूहिक नेतृत्वमा केन्द्रित छ : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटाले पार्टी व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन् ।

विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताइन् ।

व्यक्तिगत रुपमा पार्टी चलाउदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाइ पार्टीले भोग्नुपरेको उनले बताइन् । बास्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरि नै पार्टीप्रतिको बुझाइ नै फरक पर्न जाने जिकिर गरिन् ।

पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरुले बुझ्न जरुरी रहेको धारणा उनले राखिन् । बास्कोटाले पार्टीलार्ई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाविधेशनबाट पारित परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेज सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro