site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लघुवित्त पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।

समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थमन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त तथा वित्तीय संस्थाका ऋणिहरूको गुनासो सम्बोधन गरिरहेको जानएको छ । 

हेर्नुहोस् अर्थमन्त्रालयको प्रेस विज्ञप्ति :

press-note-artha-mantralaya1690459642.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्