site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न, राजीनामा मागिरहन्छौँ : पदम गिरी
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा एमालेले मागिरहने बताएका छन् ।

संसदीय दलको बैठकपश्चात् संक्षिप्त कुराकानी गर्दै उनले सुन तस्करी काण्डमा गृहमन्त्रीको संलग्नता स्पष्ट भएको भन्दै उनी कुर्सीमा बस्न योग्य नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

“गृहमन्त्री संलग्न भएको स्पष्ट छ । त्यसकारण उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न भन्ने कुरा भयो,” उनले भने, “राजीनामा हामीले मागेकै छौँ, मागिरहन्छौँ ।”

गिरीले उच्चस्तरीय न्यायिक समिति बनाएर यसमा संलग्न सबैलाई छानबिन र कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro