site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा अर्को छैन : विमलेन्द्र निधि
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेसजस्तो अर्को पार्टी नभएको दाबी गरे ।

देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र, गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको उनको जिकिर थियो । पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको पनि उनले बताए ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको उनले बताए । कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको उनले बताए ।

“केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ । एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेछ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ,” उनले भने, “नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन् । देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन् । लोकतन्त्र, गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै छ ।”

नेता निधिले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro