site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोपमा हरेक वर्ष २० हजारभन्दा बढीको डुबेर मृत्यु
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

कोपेनहेगन । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ ।

डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् ।

विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।  

डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउने गरेका छन् । पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जल यातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्यांकमा समेटिएका छन् । रासस/सिन्ह्वा

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro