site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति सन्तुलित छ : अध्यक्ष केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सन्तुलित भएको बताएका छन् ।

सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष केसीले केन्द्रीय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय बैंकले लिएका नीतिहरूले स्थायित्व ल्याउन खोजेको समेत अध्यक्ष केसीले बताए । “केन्द्रीय बैंकले सीआरआर, एसएलआर लगायतका दरहरू स्थिर राखेर आफ्नो नीतिलाई स्थायित्व दिन खोजेको छ,” उनले भने, “राष्ट्र बैंकले साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ । कर्जा विस्तारको लक्ष्य भने केही कम जस्तो छ । केन्द्रीय बैंकको लक्ष्यअनुसार आगामी वर्ष ५६५ अर्बको कर्जा विस्तार हुनेछ ।”

यस्तै, चालु पुँजी कर्जामा संशोधन गर्ने कुरा गरेकोले यसले निजी क्षेत्रको समेत माग सम्बोधन भएको केसीले बताए । ग्रिन बन्ड, सस्टेनेबल बन्ड, ब्लेन्डेड फाइनान्स लगायतलाई मौद्रिक नीतिले समेट्न नसकेको उनले बताए । नेपालका लागि यस्ता विषय अत्यावश्यक भए पनि त्यसलाई मौद्रिक नीतिले समेट्न सकेको भए राम्रो हुने उनको धारणा छ ।

Global Ime bank

यस्तै बैंकहरूको बढ्दो खराब कर्जालाई पनि मौद्रिक नीतिले समेट्न नसकेको केसीले बताए । केसीले आगामी दिनमा बैंकहरूको ब्याजदर अझै घट्ने देखिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय