site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एएफसी कपको प्रारम्भिक छनोटका लागि आठ खेलाडी समेट्दै मछिन्द्रको तयारी सुरु

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटका लागि मच्छिन्द्रले तयारी सुरु गरेको छ । क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी सुरु गरेको जनाएको हो । 

मछिन्द्रले अगस्ट ८ मा भुटानको लिग च्याम्पियन पारो एफसीसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नेछ । मछिन्द्रले हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र चर्च ब्वाइजको मैदानमा अभ्यास गरिरहेको छ । छनोटका लागि मुख्य प्रशिक्षक किशोर केसीले २३ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

क्लबले सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीसहित अन्य आठ खेलाडीलाई अनुबन्ध गरेको हो ।

आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बू, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई क्लबले थप गरेको हो । आशिष, आयुष, एरिक, लोकन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

यसैगरी कप्तान तथा गोलकिपर विशाल श्रेष्ठसहित, अभिषेक गुरङ, आफिज ओलावाले, आन्द्रेस निया, विजय भुजेल, विमल घर्तीमगर, देभेन्द्र तामाङ, दिवाकार चौधरी, करिम नुरैन, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् ।

आठ खेलाडी थपिँदा लिगमा मछिन्द्रको प्रतिनिधित्व गरेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नविन सिलवाल तथा विदेशी खेलाडी युता सुजुकी र चेन्चो ग्लेत्सेन टोलीमा स्थान बनाउन असफल भएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जितेपनि एएफसीको क्लब लाइसेन्स नहुँदा उपविजेता मछिन्द्रले यो अवसर पाएको हो । त्यसअघि पनि मछिन्द्रले नै एएफसी कप खेलेको थियो । तर, श्रीलंकाको क्लबसँग पराजित भएपछि मछिन्द्रले दोस्रो चरणमा स्थान बनाउन सकेन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro