site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुनको मालिक सार्वजनिक गर भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको १०० किलो सुनको मालिक सार्वजनिक गर भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोमबार प्रदर्शनकारीहरुले सुनको मालिक छिटोभन्दा छिटो सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । भरिया मात्रै पक्राउ गरेर सुन मालिकलाई अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै स्वर्ग मातृभूमि नेपालले माइतीघरमा प्रदर्शन गरेको हो ।

Argakhachi Cement Island Ad

No description available.

गत साता विमानस्थलको कार्गो गोदाममा राजस्व अनुसन्धान विभागले छापा मार्दा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सुन कस्ले ल्याएको हो भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको छैन ।

No description available.

उक्त विषयलाई लिएर स्वर्ग मातृभूमि नेपालले प्रदर्शन गरेको हो । प्रदर्शन उत्रिएहरुले ग्रेटर नेपालको नक्सा भएको टिसर्ट लगाएका थिए ।

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्