काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनका लागि आफू लागिरहने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले नेतृत्व परिवर्तनको कुरा गर्दा 'पार्टी फुटाउन लागेको हो र ?' भन्दै प्रतिप्रश्न गरे ।
“किन आत्तिएको, मैले पार्टी फुटाउन लागेको हो र ? मैले त नेतृत्व परिवर्तनको कुरा गरेको हो । अब कसैले प्रश्न नसोध्नुहोला । म नेतृत्व बदल्न लागिरहन्छु,” थापाले भने ।
उनले आफूले संसदीय दलको नेता बदल्ने प्रयास गरेको बताए । “नेपाली कांग्रेसको संसदीय दलको नेता बदलने प्रयास गरे । त्यो माने । अनि त्यसो भए चुप लागेर बस्ने ? मलाई थाहा छ, गाह्रो छ । सांसदलाई मत हाल्ने लाखौँ मतदाता छ, गाह्रो भन्दैमा ठिक भएको कामा छोड्ने त होइन्,” उनले भने ।
उनले पार्टी जमेको पोखरी भएकाले भन्दै म्युजिकल चेयर बदल्नुपर्ने बताए ।
“पार्टी जमेको पोखरी भएको छ । तीस पैतिस वर्षदेखि ४ ५ जना म्युजिकल चियर खेले जस्तो छ । यो वदल्नुपर्छ भन्ने ठानेको छु । यो सबेको हकमा लागेको छ । मेरो हकमा पनि लागू हुन्छ,” उनले भने ।