राजनीति

काठमाडौं । नेकपा (एमाले)निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् । गए राति (असार १) सम्पन्न चुनावमा थापाको नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार, संगठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
गएको शनिबार (जेठ ३१)देखि पीपीएलएको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको थियो । रासस
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ०९:३२
प्रतिक्रिया दिनुहोस्