site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, प्रथमलाई एक लाख पुरस्कार

काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले विज्ञप्ति जारी गर्दै पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । 

२० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नु पर्ने अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले बताएका छन् । फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न प्रतिस्पर्धा आयोजना गर्न लागिएको उनले बताए । 

युवा फिल्म मेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने भन्दै उनले अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको यो प्रतिस्पर्धालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए । 

प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिनेछ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन् । स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भए ५० प्रतिशत छात्रवृत्ति दिइनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro