site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २६.६६ अंकले घट्यो, मौद्रिक नीतिमा सन्तुष्ट देखिएनन् लगानीकर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन नेप्से परिसूचक २६.६६ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से दोस्रो दिन घटेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले सेयरकर्जाको जोखिमभारमा ठूलो परिवर्तन नगर्ने संकेत गरेसँगै त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा देखिएको छ । यस दिन नेप्से परिसूचक २२०० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६५ धितोपत्रको चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँको सेयर करोबार भएको छ ।

यस दिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७१ रुपैयाँ २० पैसा कायम भएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८०० रुपैयाँ कायम भएको छ ।

रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंकलगायतको सेयर कारोबार सर्वाधिक भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । ‘अन्य’ समूहको परिसूचक २.८७ प्रतिशत वृद्धि भएको छ भने म्युचुअल फन्डको ०.९५ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा विकास बैंंक समूह रहेको छ । यो समूहको परिसूचक ३.५ प्रतिशतले घटेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro