site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाखुसीको भेलमा बेपत्ता बालक अझै भेटिएनन्, खोजी जारी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् ।

“खोजतलास जारी छ । प्रहरी, सशस्त्र प्रहरी, प्राविधिकसहित तीन टोलीले खोजी गरिरहेको छ,” महानगरीय प्रहरी वृत्त महाराजगन्ज स्रोतले बाह्रखरीसित भन्यो, “खोजी गरिरहे पनि फेला पार्न सकिएको छैन ।”

Argakhachi Cement Island Ad

सामाखुसीबाट रानीबारीतर्फको बाटोको ढलमा उर्लिएको भेलमा परेर बालक बेपत्ता भएको सो वृत्तले जनाएको छ ।

प्रहरीका अनुसार भेलमा बगेर भोजपुर स्थायी ठेगाना भएका १३ वर्षीय साजन मगर हराइरहेका हुन् । उनी काठमाडौंकै पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा–६ का विद्यार्थी हुन् ।

स्रोतका अनुसार स्कुल छुट्टी भएपश्चात् साजन घर गएका थिए । घरमा खाजा खाएर फुटसल खेल्न जाने क्रममा उनलाई भेलले बगाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्