site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन–आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ पाएको छ । यसअन्तर्गत नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

आईसीएएनले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

यससँगै नबिल बैंक नेपालको तर्फबाट साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (एसएएफए–साफा)बाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अर्वाडका लागि सहभागी हुन पाउने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्