site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नकारात्मक कुरा मात्र नलेखौँ भनेर सीमा नतोकेका हौँ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोकर्जाको जोखिम भारको सीमा ५० लाखसम्मलाई १०० प्रतिशत कायम गर्ने बताएका छन् ।

हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको जोखिम भारको सीमा बढाइएको हो । त्यस्तै, ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको हकमा १५० प्रतिशत नै जोखिम भार कायम हुने पनि अधिकारीले बताए ।

Dabur Nepal
NIC Asia

गभर्नर अधिकारीले मौद्रिक नीति २०८०/८१ को जानकारी दिन आयोजित प्रकार सम्मेलनमा बोल्दै सेयर बजारमा सकारात्मक समाचार प्रवाह होस् भनेर मात्र पुनरवलोकन भन्ने शब्द प्रयोग गरिएको बताए । तर, राष्ट्र बैंक सञ्चालक समिति सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी के व्यवस्था गर्ने भनेर स्पष्ट रहेको बताए ।

“हामीले सेयर धितोकर्जाको जोखिम भारको सन्दर्भमा आजभन्दा दुई वर्षअगाडि २५ लाखभन्दा सानो कर्जाको हकमा १०० प्रतिशतमात्रै र त्योभन्दा बेसीको हकमा १५० लागु हुने व्यवस्था गरेका थियौँ । त्यो २५ लाखको थ्रेसहोल्डलाई बढाएर हामीले ५० लाखसम्म बनाउने तयारी गरेका छौँ,” गभर्नर अधिकारीले भने, “यो विषयमा हामी चाँडोभन्दा चाँडो सर्कुलर ल्याउँछौँ । यसमा कोही पनि कफ्युजन नहुनुहोला । हामी यसमा स्पष्ट छौँ । छलफल पनि भएको हो । नकारात्मक कुरा मात्र नलेखौँ भनेर सीमा नतोकेका हौँ ।”

सर्कुलरले सबै कुरा समेट्ने पनि उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro