site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवन परियारको गुनासो– दलितलाई टिकट दिइएन, बैठक लाइभले राम्रो भएन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसले दलित समुदायका नेतालाई टिकट नदिएको गुनासो गरेका छन् । आइतबार पार्टी केन्द्रीय समिति बैठकमाउनले हालसम्म दलित समुदायबाट तीनजनाले मात्रै प्रत्यक्षतर्फ टिकट पाएको बताए ।

उनले गएको निर्वाचनमा सुनसरीमा मीन विश्वकर्मा, उदयपुरमा लक्ष्मी परियार तथा बझाङमा प्रकाश स्नेहीलाई टिकट दिन पहल गर्दा पनि कसैले टिकट नपाएको गुनासो गरे । 

उनले पार्टी सुधारको बहस गर्न आवश्यक नरहेको आवाज सुनिएको पनि बताए । भ्रातृ संस्था बनाउँदा पनि पार्टीमा छलफल नभएको उनको गुनासो थियो । 

“पार्टी सुधारको बहस गर्न र राजनीतिक सन्तुलन आवश्यक छैन भने भनौँ । विचारणीय भनौँ । भ्रातृ संस्था, जनसम्पर्क समिति विभाग गठन कार्यसमितिको पूर्णता किन हुन सकेको छैन । भ्रातृ संस्था बनाउँदा छलफल गरियो तर एकपक्षीय भयो भन्ने छ,” उनले भने, “बाँकी भ्रातृ संस्थालाई पूर्णता गर्दा सल्लाह गरियोस् । जातीय भेदवभाव र छुवाछुतका कुरा आएका छन् । अहिलेसम्म तीनजनाले मात्रै प्रत्यक्ष दलित समुदायबाट टिकट पाएका छौँ । यसपालिको निर्वाचनमा दलितलाई टिकट दिइएन ।”

सहमहामन्त्री परियारले कांग्रेस मुलुकको नेता पार्टी भएकाले गरिमालाई कायम राख्नुपर्ने धारणा राखे । उनले बैठकलाई लाइभ गरेर राम्रो नभएको पनि बताए । 

“फेसबुक लाइभको भ्युज घटेको छ । यसले हाम्रा कुरा सुन्ने रुचि कम हुँदै आएको छ । अब जनताका कुरा सुनौँ । लाइभले व्यक्तिलाई फाइदा पुग्ला, तर पार्टीलाई फाइदा पुर्‍याउँदैन । केन्द्रीय सदस्य र पदाधिकाहरूलाई चिनाउने काम भने गरेको छ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro