site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकसहित पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुर्खेतमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४, राम्चेमा बस्दै आएका ४० वर्षीय गोविन्द दर्लामी छन् ।

भरुवा बन्दुक एकथानसहित शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको घरबाट भरुवा बन्दुक फेला परेको र पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता, कैलालीमा पनि भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–६, खरुवाखेडामा बस्दै आएका ५२ वर्षीय नारायणप्रसाद चौधरीलाई भरुवा बन्दुक एकथान, त्यसमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद चार डिब्बा र सिसाका टुक्रा १० पिससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घर तलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro