site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनुहार, नाम र पद फेर्दैमा कांग्रेस रूपान्तरण हुँदैन : विमलेन्द्र निधि 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरणको मुद्दा उठाइएकामा आपत्ति जनाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले अनुहार, नाम र पद फेर्दैमा कांग्रेसको रूपान्तरण लक्ष्य पूरा नहुने बताए ।

“अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्‍याउँदैन । संघीयता छ, तीन तहको सरकार छ । तीनै तहमा गर्नुपर्ने काम धेरै छ, रूपान्तरणका लागि,” उनले भने, “राज्यको पुनर्संरचनापश्चात् संघीयता, लोकतान्त्रिक गणतन्त्र प्रणालीका लागि अझै काम गर्नुपर्नेछ । यसका लागि कांग्रेसलाई तयार पारौँ ।”

उनले पार्टीको नीति महाधिवेशन अहिलेको आवश्यकता भएको बताए । रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसको जीवनस्तर कसरी परिवर्तन हुन्छ, पार्टीको एजेन्डा त्यो हुनुपर्ने उनको भनाइ छ ।

“कांग्रेसभित्रै मात्र कांग्रेसभित्र रूपान्तण हैन । वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौँ । यसले पार्टी रूपान्तरण सहजै हुन्छ । त्यो अत्यन्त जरुरी छ,” उनले भने ।

केन्द्रीय सदस्य निधिले व्यक्ति र नामभन्दा पनि दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक रहेको जिकिर गरे । 

“अझै पनि नेपाली कांग्रेसमाथि जनताले भरोसा गर्छन् । पाँच वर्षपछि रूपान्तरणका लागि बहुमत ल्याउने गरी चुनावको तयारी गरौँ । प्रदेशको अधिकार प्रदान गरौँ । संविधान र कानुनमा संशोधन आवश्यक भए गरौँ,” उनले भने ।

यही साउन २ गतेदेखि कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro