site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीका कारण घण्टीको उदय भयो, अब ‘शंख’ आउन सक्छ : भुसाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले चरम गुटबन्दी र एकले अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारेको जिकिर गरे ।

Argakhachi Cement Island Ad

“प्रधानमन्त्रीले महिनामा तीनपटक मात्रै राम्रा कुरा गर्दा तीन करोड जनतामा सकारात्मक सन्देश जान्छ, राम्रो सोचाइ बन्छ,” भुसालले भने, “तर, ओलीजीले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको जस्तो गरेर उडाउनु भयो । विदेशीसँग गरिने व्यवहार हेरेर नै उहाँको राष्ट्रवादबारे थाहा भइहाल्छ नि !”

ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनको भनाइ छ ।

दुईतिहाइको सरकार ढलेकै कारण घण्टीको उदय भएको भन्दै भुसालले एमाले नर्कको बाटोतर्फ लागेको टिप्पणी गरे ।

उनले एकीकृत समाजवादीको वडादेखि नै अब बन्ने पदाधिकारीले पाँचवर्षे खाका ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्