site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बाँकेमा ‘लम्पीस्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप 
SkywellSkywell

जानकी । चौपायामा देखिएको ‘लम्पीस्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले ६ हजार २०० डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट दुई हजार ५०० खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिइन् ।  पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पीस्किन रोगविरुद्धको खोप दिन सुरुआत गरेको उनले बताइन् ।  

“पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन सुरु गरेका छौँ,” उनले भनिन्, “पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोस्रो चरणको खोप दिन सुरु गर्छौं ।” बाँकेका आठवटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म छ सयका दरले खोप वितरण गरी सकिएको  कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन् । बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताइन् ।  

KFC Island Ad
NIC Asia

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए ।   घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा. ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिए । नले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका बताए ।  

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शंकर न्यौपानेले संक्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए । “किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ ।” 

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पीस्किनको सङ्क्रमण न्यूनीकरण हुनसक्ने उनले सुझाव दिए । उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको संक्रमण फैलन्छ । 

नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को संक्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् । तीमध्ये सात हजार पशुमा ‘लम्पीस्किन’ को संक्रमण देखिएको छ । लम्पीस्किन रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । संक्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro