काठमाडैं । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’को औपचारिक घोषणा गर्दै सञ्चालन गरेको छ । यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको छ ।
यस्तै, दराजले अनलाइन सपिङमा अफरहरूको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरू दिइरहेको जनाएको छ ।
दराजले ईसेवा, आईएमई पे र अन्य बैंकहरूमार्फत प्रिपेमेन्टको व्यवस्था गरेको छ । जसमा ग्राहकहरूले १० प्रतिशत छुट अधिकतम १००० रुपैयाँ र १५ प्रतिशत छुट अधिकतम १५०० रुपैयाँ प्राप्त गर्न सक्ने छन् ।
अभियानको गिभअवे प्राइजमा पानासोनिक २७० लिटरको इन्भटर फ्रस्ट फ्री डबल डोर रेफ्रिजेरेटर, पानासोनिक ५५ इञ्चको ४ के स्मार्ट एन्ड्रोइड एलईडी टिभी र पानासोनिक ८ केजीको फ्रन्ट लोड वासिङ मेसिन राखेको छ ।
मेगा गिवअवे पुरस्कार जित्नका लागि ग्राहकले न्यूनतम ३५०० हजार रुपैयाँको प्रिपेमेन्ट गर्नुपर्ने दराजले जनाएको छ ।
दराजकी मार्केटिङ हेड विधा प्रधानले महाबचत अभियानमा ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिई बचत गर्न सकिने बताएकी छन् ।