site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सबैले किनबेच गर्नसक्ने साझा बजार प्लेटफर्म नेपाइमार्ट सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्पादक र उपभोक्ताबीच सोझो सम्पर्क गराउने उद्देश्यको साझा बजार प्लेटफर्म नेपाइमार्ट सार्वजनिक भएको छ । मण्डला सिस्टमले अनलाइन पोर्टल नेपाइमार्ट सबैका लागि सार्वजनिक गरेको हो ।

नेपाइमार्टमा विभिन्न क्षेत्रका पसल सञ्चालन गर्न मिल्ने कम्पनीले जनाएको छ । पोर्टलमा कम्पनीको नाम, सेक्टरबाट र प्रडक्टबाट सामानहरू खोज्न मिल्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्टार्टटप, सरूसाना पुँजी लगानी तथा मध्यम व्यवसाय गरेका, कृषि कर्म गरेका, निकासी गर्न चाहेका सबै किसिमको व्यवसायलाई सस्तो, सुलभ र सरल तरिकाबाट पसल खोल्ने, सामानहरूको फोटो र मूल्य हाल्ने, कम्पनीको परिचय हाल्ने, सम्पर्क व्यक्तिको परिचय र फोटो हाल्ने, प्रडक्टको भिडियो हाल्ने जस्ता सुविधा पनि यसमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाइमार्ट पोर्टलमा पसलहरू चौबिसै घण्टा र सातै दिन खुला रहने कम्पनीको भनाइ छ । प्लेटफर्ममा थ्रप्रै प्रकारका वस्तु र सेवा संसारभरिबाट किनबेच गर्न सकिने कम्पनीले जनाएको छ ।

Global Ime bank

सुरूमा बुक गर्ने ५० कम्पनीहरूलाई १५ प्रतिशत छुट दिइरहेको बताएको छ । स्टार्टटप कम्पनीहरूलाई ६ महिना सित्तैमा पसल उपलब्ध गराउने, कृषि क्षेत्रको फार्म, नर्सरी आदिलाई ‘हाटबजार’ मा निःशुल्क पसल उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यस्तै, आर्ट र हेरिटेजसम्बन्धी आफ्नो परिचय राखेर पसल खोल्नेहरूलाई ६ महिना सित्तैमा पसल उपलब्ध हुने, विभिन्न वस्तुगत क्षेत्रको प्रवर्द्धन नेपाल उद्योग वाणिज्य महासंघ र वस्तुगत संघहरूसँगको सहकार्यमा गरिने र निकासीकर्ताहरूको प्रमोसन गर्न र ट्रेड एन्ड एक्सपोर्ट प्रमोसन सेन्टरसँगको सहकार्यमा देश विदेशमा बजार प्रवर्द्धन गरिने कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement