site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनलाई निरन्तरता दिन लेखकको माग 
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सत्ता गठबन्धनलाई सफल बनाउनु पार्टीको अहिलेको आवश्यकता भएको बताएका छन् । चार दिनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनकै जगमा कांग्रेस पहिलो दल भएको भन्दै यसको राजनीतिक नेतृत्व पनि कांग्रेसले गरिरहेको बताए । 

“एउटा ठूलो उपलव्धी गरेका छौं । नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ,” लेखकले भने, “यो गठबन्धनको राजनीतिक नेतृतव कांग्रेसले गरेको छ । यो गठबन्धनको स्थिरता र स्थायीत्वका लागि के निर्णय गरेर जान्छौं त्यसले पनि ठूलो अर्थ राख्छ ।” 

Argakhachi Cement Island Ad

लेखकले अहिलेको सत्ता गठबन्धनलाई जनता र राष्ट्रलाई जोड्ने विषयमा कांग्रेस बैठकमा निर्णय हुनुनर्ने बताए । फेसबुक लाइभ विश्वभर नेपालीले हेरिरहेको भन्दै उनले कतारमा बसेर श्रम गरिरहेको श्रमिक, अमेरिकामा बसेर काम गरिरहेका र तराईको खेतवारीमा काम गर्दै लाइभ हेरिरहेकाले म कांग्रेसको बैठकमा कहाँ छु भनेर हेरिरहेको बताए । 

लेखकले आम जनतालाई कांग्रेसले समेट्न निर्णय गर्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्