राजनीति
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । तस्करीबाट आएको सुन प्रकरणबारे बुझ्न उनी शुक्रबार मध्याह्न भन्सार कार्यालय पुगेका हुन् ।
त्यसक्रममा उनले कुनै पनि प्रकारको भ्रष्टाचारको सरकारले निर्मुल गर्ने दाबी गरे । उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर छाड्ने दाबी गरे ।
'नाइकेलाई अनुसन्धानको दायरामा तानिएन नि ?' भन्ने प्रश्नमा उनले भने, "पुग्छ पुर्याउनुपर्छ, यताउता हुने कुरै छैन । अब आगामी दिन यस प्रकारका घटना हुन नदिन योजना बनाएर अघि बढ्छौँ," उनले भने ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्