site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँ घटेको हो । यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । 

आज छापावाल सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । 

आज तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro