site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लाका नदी तथा खोलामा आज आकस्मिक बाढीको जोखिम
प्रतीकात्मक तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बाढीको सम्भावना रहेको छ । मध्यम र भारी वर्षाका कारण बाढीको सम्भावना रहेको हो । 

अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डोल्पा, दार्चुला र आसपास भइ बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Agni Group
NIC Asia

सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्वत, गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कन्चनपुर र आसपास भई बहने केही स–साना नदी र खोलामा पनि बहाव सामान्य बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu