
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
साउन २ गते झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरूलाई सहभागी गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा १०० भन्दा बढी अभिकर्ताको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा मर्जरपछिको बिमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरू, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरूलाई प्रशिक्षण दिइएको थियो ।
प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरूले प्रशिक्षणा दिएका थिए । विर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।