site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुबई लैजान लागेको विदेशी मुद्रासहित चारजना पक्राउ
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चारजना पक्राउ परेका छन् । 

अमेरिकी डलर ४१ हजार ४००, साउदी रियाल एक लाख १९ हजार ५००, ओमानी रियाल एक हजार ३५७, बहराइन दिनार ३०८ बरामद गरिएको प्रहरीले जनाएको छ ।  

KFC Island Ad
NIC Asia

पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–९, तुल्सीपुर घर भएका २४ वर्षीय अनिस थापासहित चारजना छन् । उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो । 

हिमालयन एयरलाइन्सको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो  

Royal Enfield Island Ad

लगेजभित्र प्लाष्टिकले ¥यापिङ गरी चाउचाउको बीचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो । 

थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरू रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएपछि रानालगायत तीनजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा वाग्मती प्रदेश–०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro