site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिफा महिला विश्वकपअघि अकल्यान्डमा गोली चल्दा दुईजनाको मृत्यु
SkywellSkywell

काठमाडौं । फिफा महिला विश्वकप सुरु हुन केही घण्टामात्र बाँकी रहँदा पहिलो खेल हुने न्युजिल्यान्डको अकल्यान्डमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ ।

न्युजिल्यान्डको स्थानीय समयअनुसार ७ः२२ बजे बन्दुक चल्दा प्रहरीसमेत गरी अन्य ६ जना घाइते भएको बीबीसीले खुलाएको छ । अकल्यान्डस्थित सेन्ट्रल बिजनेस डिस्ट्रिकमा गोली चलाउने व्यक्ति पनि मृत्यु भएको छ । 

KFC Island Ad
NIC Asia

गोली चले पनि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले घटना कुनै आतंकवादी गतिविधिसँग सम्बन्धित नभएको स्पष्टीकरण दिएका छन् । यस्तै, घटनाबारे हालसम्म कुनै पनि राजनीतिक वा अन्य उदेश्य रहेको सार्वजनिक भएको छैन । प्रधानमन्त्री हिप्किन्सले घटनालगत्तै प्रहरीले परिस्थिति नियन्त्रणमा लिइसकेको र कुनै जोखिम नरहेको बताए ।

“यस्ताखाले घटनाहरू निकै छिटो हुन्छन् । तर, घटनालाई नियन्त्रणमा लिन आफ्नो ज्यान जोखिममा राखेर अरुको जीवन बचाउनेहरू नायकभन्दा कम छैनन्,” प्रधानमन्त्री हिप्किन्सले भने ।

Royal Enfield Island Ad

अकल्यान्डका मेयर वाइन ब्रोनले फिफाका अधिकारीहरू र सबै टिमहरूका अफिसियलहरू सुरक्षित छन् । विश्वकपको पहिलो खेल अकल्यान्डस्थित इडेन पार्कमा मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुँदै छ । विश्वकपको पहिलो खेलमा सह–आयोजक रहेको न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । 

आजदेखि सुरु हुने विश्वकप न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्तरूपमा आयोजना गर्दै छन् । न्युजिल्यान्डमा उद्घाटन हुने विश्वकप अस्ट्रेलियामा अगस्ट २० मा सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro