
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिंगो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा सदनबाटै सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएकमा हुन् ।
उनले केही सांसदबाट संसद् अर्थहीन भयो भन्ने विचार नियोजित ढंगले आउने गरेको भन्दै सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे । सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वाभाविक रहे पनि सरकारमा नभएका कारण अनावश्यक रूपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनले बताए ।
सांसद बर्तौलाले सबै स्वरोजगारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गनुपर्नेमा जोड दिए ।