site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध खेल्ने

काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानको मुल्तानमा हुने यो खेल अगस्ट ३० मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध श्रीलंकामा खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित कुल ६ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । एसीसी प्रिमियर कपको विजेताको रूपमा एसिया कप प्रवेश गरेको नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् ।

एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाएको थियो । तर, राजनीतिक तिक्तताका कारण भारतले आफ्नो टिम पाकिस्तान पठाउन अस्वीकार गरेपछि प्रतियोगितालाई ‘हाइब्रिड मोडेल’ मा सञ्चालन गर्ने सहमति बनेको छ ।

जसअनुसार भारतबाहेक प्रतियोगितामा सहभागी सबै टिमले समूह चरणको एक खेलका लागि पाकिस्तानको यात्रा गर्नुपर्ने छ । र, भारतको सहित अन्य सबै खेलहरू श्रीलंकामा सञ्चालन हुनेछन् ।

acc1689778389.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro