site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीमा युवालाई तान्नुपर्छ, खल्तीबाट झिकेर पद दिनुहुँदैन : लामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङले पार्टीमा युवापुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा उनले युवा जमात बलियो बनाउनुपर्ने बताएका हुन् ।

“कांग्रेसलाई अघि बढाउने हो भने अब युवापुस्तालाई कसरी एट्राक्सन गर्ने ? युवाहरुलाई कसरी तान्ने ? युवा जमातलाई कसरी बलियो बनाउने ? यो महत्वपूर्ण कुरा छ,” उनले बैठकमा भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पद खल्तीबाट झिकेर दिन नहुने बताए । पद खल्तीबाट बाँडिदा संगठन चकनाचुर हुने उनको भनाइ छ ।

“आफ्नो विचारले खल्तीबाट झिकेर युवालाई पद दिने होइन । पद दिँदा विधान परिधी छ, कार्यान्वयन गर्नुपर्छ भन्छौँ । तर, खल्तीबाट झिकेर बनाउनेतिर जाँदै छौँ । सबैले खल्तीबाट दिँदा निषेध हुन्छ । संगठनप्रति बफादार छ कि छैन” उनले सोधे ।

Global Ime bank

आफूभन्दा कोही पनि छैन भने भावनाले संगठन नबन्ने उनको भनाइ छ । नेताहरुप्रति तेजोवध गरेर संगठन निमार्ण नहुने उनले बताए ।

“म भए ठिक छ, अरु भए ठिक हुँदैन भन्ने मान्यता बढ्दै गएको छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय