देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।
सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ ।
यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १२:४४
प्रतिक्रिया दिनुहोस्