site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै छन् । बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रचण्ड गोरखा जान लागेकाे उनको सचिवालयले जनाएको छ । 

पत्नी सीता दाहालको निधनपछि प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । उनी बिहान ११ बजे गोरखा प्रस्थान गर्नेछन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्