site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंका ‘ए’ विरुद्ध ४२ रनमै समेटियो ओमान ‘ए’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ‘ए’ विरुद्ध ओमान ‘ए’ २१७ रनले पराजित भएको छ ।

मंगलबार श्रीलंकाको आर प्रेमादासा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको २६० रनको लक्ष्य पछ्याउने क्रममा ओमान १७.१ ओभरमा ४२ रनमै समेटियो ।

श्रीलंकाको घातक बलिङसामु ओमानका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन जोडे । यसबाहेक, ओमान कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओमानलाई सस्तैमा समेट्न श्रीलंकाका चमिका करुणारत्नेले तीन विकेट लिए । दुई ओभरमात्र बलिङ गरेका करुणारत्नेले तीन रनमात्र खर्चिए । दुनिथ वेलालागे, प्रमोद मदुसन र लहिरु समाराकुनले समान दुई विकेट लिए । सहन अराच्चिगेले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५९ रनको योगफल खडा गरेको थियो ।

Royal Enfield Island Ad

श्रीलंकाका पसिन्दु सुरियावन्दराले ६० रन बनाएका थिए । सहन अराच्चिगेले ४८, लासिथ क्रोस्पुलेले ४२ र अभिस्का फर्नान्डोले २५ रन जोडे । कप्तान दुनिथ वेलालागेले २१, चमिका करुणारत्नेले २० र असेन बन्दाराले ११ रन जोडे ।

ओमानका अकिब इल्यासले चार विकेट लिएका थिए । जय ओडे«डा र आयान खानले समान दुई विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको श्रीलंका समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन ओमान भने समूह चरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro