site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन गर्दा कांग्रेसको समानुपातिक मत घट्यो, गुट मिलाए अरूसँग डराउनुपर्दैन 

काठमाडौं । नेपाली कांग्रेसको  निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन कारण समानुपातिक मत घटेको निष्कर्ष निकालेको छ । 

निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै आगामी निर्वाचनमा विशेष रणनीति अपनाउन सुझाएका छन् । 

Dabur Nepal
NIC Asia

“कतिपय स्थानमा गठबन्धनका कारण समानुपातिकतर्फ मत घट्न गएको परिवेशमा आगामी चुनावमा पार्टीले विशेष रणनीति अपनाउनुका साथै पार्टीको नेता तथा कार्यकर्ताबीच एकता हुने गरी रणनीति तय गर्नु आजको आवश्यकता रहेको प्रस्ट्याउन चाहन्छु,” उनले भने । 

उनले गठबन्धनका कारण महिला, जनजातिलाई टिकट दिन पार्टी नेतृत्व अनुदार रहेको बताएका छन् । 

“गठबन्धनका कारण प्रत्यक्षतर्फ महिला, दलित टिकट कारण समावेश गर्न सकिएन भनेर समानुपातिकर्फ कुल पुरुषमा समावेशीको मर्मबमोजिम जनजाति र मुस्लिम समावेश गर्न पार्टी नेतृत्व अनुदार रह्यो,” उनले भने । 

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई कम्तीमा ३३ प्रतिशत दिनुपर्ने उनको सुझाव छ । पुराना नेताहरूलाई टिकट दिन नसक्दा बागी उमेदवार खडा भएको उनले बताए ।

“कतिपय स्थानमा पुराना तथा प्रजातन्त्रका लागि लडेका साथीहरूलाई टिकट दिन नसक्दा असन्तुष्टि बढ्न गई पार्टीविरुद्ध बागी उमेदवार खडा हुनु तथा अन्तर्घातको कारणले पार्टीले पराजयको पीडा भोग्नुपरेको आजको यथार्थ पनि हो,” श्रेष्ठले सुनाए । 

उनले पार्टीभित्रको गुटबन्दी मिलाए कांग्रेस अरू पार्टीसँग डराउनुपर्ने अवस्थामा नरहेको पनि बताए । “नेपाली कांग्रेस आफैँमा सक्षम पार्टी हो । पार्टीभित्रको गुटबन्दीलाई मिलाएर जाने हो भने अरू कुनै पार्टीसँग डराउनुपर्ने अवस्था होइन,” उनले सुनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro