site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाँच्दासम्म अरूलाई पीडा नदिएकी सीताले मृत्यु निकै शान्त रोजिन् : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए ।

उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए ।

“पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्‍यौँ,” प्रचण्डले भने, “शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिनै रहिन् । र, त्यो पीडाको सामना गरिरहिन् ।”

सीता बिरामी हुँदा राज्यकोषबाट कुनै सुविधा नलिएको र हुन सक्ने उपचार पद्धति अपनाइएको उनले जानकारी गराए ।

“उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकैन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरिरह्यौँ,” उनले भने ।

adf1689663661.jpg

सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए ।

“उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो,” प्रचण्डले भक्कानिँदै भने, “तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे हामी सबैबाट बिदा भइन् ।”

सीता दाहालको गएको असार २७ गते उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro