site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभामा १० विधेयक विचाराधीन
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० विधेयक विचाराधीन छन् । ती विधेयकहरू विभिन्न विषयगत समितिमा विचाराधीन रहेका संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा चार विधेयक विचाराधीन छन् ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति र स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई/दुई विधेयक विचाराधीन छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा एक/एक विधेयक विचाराधीन रहेका प्रवक्ता गिरीले जानकारी दिए ।

गिरीका अनुसार प्रतिनिधिसभामा ६ विधेयक प्रक्रियामा छन् । “विभिन्न समितिमा १० वटा विधेयक विचाराधीन छ । प्रतिनिधिसभामा प्रक्रियामा त्योबाहेक ६ वटा विधेयक रहेको छ,” गिरीले भने ।

बेपत्ता व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)सहितका विधेयक मानवअधिकार तथा कानुन समितिमा छ । कानुन समितिले विधेयक टुंग्याउन उपसमिति बनाएर सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

कानुन समितिमै सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पनि आएर अड्किएको छ ।

अनुगमन तथा मूल्यांकन विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण विधेयक छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छ ।

आधा दर्जनजति बैठक बसिसकेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक विचाराधीन छन् ।

समितिका सभापति चयन हुन बाँकी रहेकाले यी विधेयकहरूमाथि छलफल गर्न समस्या भएको सचिवालयको बुझाइ छ । समिति बैठकहरूमा हालसम्म गम्भीर प्रकृतिका विषयवस्तुमा प्रवेश नगरिएको प्रवक्ता गिरीले बताए ।

हाल ज्येष्ठ नागरिकका भरमा समितिका बैठक बस्दै आएको छ । “गम्भीर प्रकृतिका विषयवस्तुहरूमा समिति अहिले प्रवेश गरिहालेको अवस्था पनि देखिँदैन । सभापतिको निर्वाचन भइसकेपश्चात् सभापतिले नै समिति चलाउँदाखेरि समितिको सक्रियता, प्रभावकारिता अभिवृद्धि भएको पहिला पनि देखिएकै हो । तसर्थ, सभापतिको निर्वाचन भएपछि नै समितिले थप गति लिने हामीले विश्वास गर्न सक्छौँ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro