site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा र दाङमा बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापा र दाङमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

झापामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

Argakhachi Cement Island Ad

रसाइलीले ती बालिकालाई आमाबुवा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि बलात्कार गरेको  भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै, दाङमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दाङको घोराही उपमहानगरपालिका–८, सौडी बस्ने २६ वर्षीय अनिल नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्