देश
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ ।
संस्थाले आन्तरिक, खुला र समावेशी गरी ३८ जनाका लागि विज्ञापनमार्फत आवेदन माग गरेको छ । लिमिटेडले उपप्रबन्धकदेखि कम्प्यूटर अपरेटरसम्मका लागि आवेदन माग गरेको हो ।
दरखास्त फाराम कम्पनीको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको मूख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव श्रोत विकास शाखामा बुझाउन आह्वान गरिएको छ ।
सूचना हेनोस् :
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०८:०५
प्रतिक्रिया दिनुहोस्