site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीपीडित सडकमा

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको नयाँ बानेश्वरमा पुगेर सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो ।

बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको थियो ।

आफूहरूले बचत गरेको लाखौँ रुपैयाँ रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितको आरोप छ ।

सहकारीपीडित सदस्य बचतकर्ताको हितमा हुने गरी सहकारी ऐन संशोधन गर्नुपर्ने, सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी सञ्चालक समिति, कर्मचारी, उनीहरूका परिवार, आफन्त, नातागोता र निजका तीनपुस्ते सम्पत्तिको छनाबिन र अनुगमन गर्न उनीहरूले माग गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro